कुबेतमा थप एक नेपालीमा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७६ चैत २६ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २६ चैत– कुवेतमा थप एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेको छ । कुबेतको स्वास्थ्य मन्त्रालयले एक नेपालीमा कोरोना पुष्टि भएको जनाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि संक्रमण पुष्ट भएका दुईको भने उपचार भइरहेको छ ।

कुबेतमा पछिल्लो २४ घण्टामा १ सय १२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । देशभर ८ सय ५५ जना संक्रमित पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us