सामाजिक सञ्जाल फेसबुकमा अब लेख्ने होइन बोल्ने

काठमाण्डु टुडे २०७६ फागुन १९ गते १०:५९ मा प्रकाशित

काठमाण्डु , १९ फागुन – अब सामाजिक सञ्जाल फेसबुकमा नलेखी सिधै बोल्न मिल्ने भएको छ ।

विश्वव्यापी रुपमा अत्यन्त लोकप्रियता कमाएको सामाजिक सञ्जाल फेसबुकले कम्पनीले आफ्ना प्रयोगकर्तालाई फेसबुकमा भ्वाइस रेकर्डिङ गराएर पैसा कमाउन सक्ने नयाँ परियोजना सार्वजनिक गरेको हो । फेसबुक कम्पनीले केही दिन अघि सार्वजनिक गरेको ‘प्रोनाउन्सेसन’ नामको यो नयाँ परियोजना भ्यूपोइन्ट रिसर्च एपबाट सञ्चालन गरिरहेको छ ।
फेसबुकले सोसल मिडिया प्रयोगकर्तालाई उपहार दिन यो एप लञ्च गरेको हो । यस परियोजना मार्फत फेसबुकले प्रत्येक रेकर्डिङमा प्रयोगकर्ताले एक डलर पाउनेछन् ।
प्रोनाउन्सेसन नामको उक्त कार्यक्रम १८ वर्ष माथिका अमेरिकी नागरिकका लागि मात्र उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्तासँग ७५ वा त्यो भन्दा धेरै फेसबुकमा साथी हुनुपर्नेछ । योग्यता पुरा गर्नेले साइनअप गरेपछि, ‘हेई पोर्टल’ केही वाक्यहरु लेख्नुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us