पोर्चुगलमा दूतावास स्थापनाको माग

काठमाण्डु टुडे २०७६ माघ २० गते १७:३३ मा प्रकाशित

काठमाण्डु,२०माघ–गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ ।

एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका हुन् ।

एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथाशक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह गरेको छ ।

दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालमा लगानी प्रवद्र्धन र व्यापार तथा पर्यटन विस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।

मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनएका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमै ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनएको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए । पोर्चुगलमा नेपाली दूतावास नहुँदा फ्रान्सबाट कार्यसम्पदान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us