साबित्राले सिक्किमविरुद्धकाे खेलमा ट्रिपल ह्याट्रिक गरेपछि…

काठमाण्डु टुडे २०७६ मंसिर ३० गते १७:१२ मा प्रकाशित

काठमाण्डु,३०मंसिर–साबित्रा भण्डारीले ट्रिपल ह्याट्रिक गरेको दिन विभागीय क्लब एपीएफले प्रधानसेनापति सातौं अन्तराष्ट्रिय महिला फुटबलमा सिक्किम फुटबलमाथि फराकिलो जित निकालेको छ ।

समूह ए अन्तगर्त सोमबार भएको आफ्नो पहिलो खेलमा एपीएफले सिक्किम फुटबलमाथि १८-० को फराकिलो जित निकालेको हो । एपीएफको जितमा साबित्राले ट्रिपल ह्याट्रिक गर्दा अनिता बस्नेतले पनि ह्याट्रिक गरिन् ।

लगनखेलस्थित आर्मी मैदानमा सूरुआतदेखि नै गोल गरेको एपीएफले अन्तिम समयसम्म १८ गोल गरेको थियो । अधिकांश राष्ट्रिय खेलाडी रहेको एपीएफले एकतर्फी खेल प्रदर्शन गर्दा सिक्किमले कुनै गोल फर्काउन सकेन ।

यसैबीच समुह बीअन्तगर्तको खेलमा विभागीय क्लब एपीएफले प्रदेश नम्बर दुईमाथि ३(० को जित निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us