साग फुटबलमा नेपालको सानदार जित

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते १६:१८ मा प्रकाशित

काठमाण्डु,१७मंसिर–१३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध शानदार जित हात पारेको छ ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो । घरेलु मैदानमा नेपालले भुटानमाथि खेलको सुरुवाती पाँचौ मिनेटमै सुरुवाती अग्रता लिएको थियो ।

खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले नेपाललाई सुरुवाती अग्रता दिलाउँदा उनले नै खेलको ५० औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत तेस्रो गोल गर्दा खेलको ७६ औं मिनेटमा डिफेन्डर मिक्चेन तामाङले फ्रि–किकमार्फत् आकर्षक गोल गर्दै नेपाललाई ४ गोलको अग्रता दिलाएका थिए ।
यस जितसँगै नेपालले ३ अंक बटुलेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us