काठमाण्डु,१२मंसिर– १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपाल समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसित पराजित भएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुईओटा ‘सेट प्वाइन्ट’ बचाउन नसक्दा २६–२४ ले पराजित हुनपुग्यो ।
दोस्रो सेटमा सुरुदेखि नै दबाबमा देखिएको नेपाल २५–१२ ले पराजित भयो । तेस्रो सेटमा नेपाल २५–१६ हार्योट ।
यो खेलसँगै नेपाल र भारतको समान ३ अंक भएको छ ।
पहिलो खेलमा बुधबार नेपालले नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
अब समूहको अन्तिम खेलमा भारत र बंगलादेश भिड्नेछन् ।
सो खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउनेछ ।