च्याम्पियन्स लिगमा नयाँ रेकर्डः १४ मिनेटमा चार गोल

काठमाण्डु टुडे २०७६ मंसिर ११ गते १६:४१ मा प्रकाशित

काठमाण्डु,११मंसिर–च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनेको छ । मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले फराकिलो जितका रेकर्ड पनि बनाएको छ ।

म्युनिखका रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे । उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान राखेको हुन् । सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले हराएको हो ।

खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो । त्यसपछि ५३ औ मिनेटदेखि ६७ औ मिनेटसम्ममा लेवान्डोस्कीले लगातार चार गोल गरे । खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गर्दै जितलाइ फराकिलो बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us