सलमानको ‘दबंग ३’को ट्रेलर रिलिज

काठमाण्डु टुडे २०७६ कार्तिक ७ गते ११:१३ मा प्रकाशित

काठमाण्डु,७कात्तिक– सलमान खान अभिनित फिल्म ‘दबंग ३’को ट्रेलर रिलिज भएको छ ।
३ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा सलमानको भरपुर एक्सन छ । सलमानले चुलबुल पाण्डे बनेर पुन दर्शकलाई मनोरन्जन दिने अनुमान गर्न सकिन्छ ।
प्रभु देवाको निर्देशन रहेको फिल्ममा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
२० डिसेम्बरमा रिलिज हुने फिल्ममा सलमानकै कथा र पटकथा छ । उनिसँग पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us