बलिउड फिल्म ‘वार’ को व्यापार तीन सय करोड

काठमाण्डु टुडे २०७६ कार्तिक ५ गते १२:४७ मा प्रकाशित

मुम्बई – बलिउडमा यो वर्षको ठूलो व्यापार गर्ने सूचीमा बलिउड फिल्म ‘वार’ले आफूलाई दर्ता गराएको छ । गत दसैंको छेको पारेर बलिउड फिल्म वार रिलिज भएको छ ।

यो फिल्मले प्रदर्शन भएको तेस्रो सातामा ३ सय करोड भारतीय रुपैयाँको व्यापार भारतीय बजारमा गरेको छ । यति ठूलो सफलताप्रति वारको निर्माण पक्षले खुसी व्यक्त गरेको छ ।

फिल्म वारमा अभिनेता ऋतिक रोशन र टाइगर श्रफको मुख्य भूमिका छ । यी दुईको सशक्त भूमिकाका कारण ऋतिक र टाइगर दुवैका प्रशंसकले यो फिल्म हलमा गएर हेरेका छन् ।

यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । निर्देशक अनन्दले फिल्मको सफलताप्रति आफूखुसी रहेको बताएका छन् । यो फिल्म राष्ट्रिय भावनाले ओतप्रोत रहेकाले पनि भारतीयहरूले निकै मन पराएको विश्वास यी निर्देशकको छ ।

फिल्म वारको मुख्य भूमिकामा ऋतिक रोशन, टाइगर श्राफ, बानी कपुर, आशुतोष रानालगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us