एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आजभोलि जहाँ जान्छिन् वा जे गर्छिन्, छोरीलाई छुटाउँदिनन् ।
भारतमा बलिउडका स्टारहरुका छोराछोरीले पछिल्लो समय निकै चर्चा पाइरहेका छन् । तिनैमध्ये एक हुन्, आराध्या जो ऐश्वर्याकी छोरी हुन।
तर, आफ्नी छोरीले सानै उमेरमा पाएको यो एटेन्सनले ऐश्वर्यालाई चाहिँ कस्तो भइरहेको होला ?
‘यसमा मलाई चिन्ता हुनु पर्ने वा नराम्रो लाग्नु पर्ने केही छैन,’ ऐश्वर्याले भनेकी छिन्, ‘अहिले भारतमा सबै स्टार किडहरु लाइमलाइटमा छन् । उनीहरु भाइरल हुँदा हामीले किन मन दुखाउने ?’