एजेन्सी – लिभर क्यान्सरबाट ग्रसित बलिउड चर्चित महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेको भारतीय मिडियाले बताएको छ । उनि लामो समयदेखि कलेजोमा समस्याले थलिएका थिए ।
त्यसैकारण थप जटिल भएपछि अमिताभ अस्पताल भर्ना भएका हुन् । भारतिय मिडियाका अनुसार अमिताभलाई समस्या धेरै गार्हो भएपछि मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । यस भन्दा अगाडि पनि उनलाई पटक पटक कलेजोले २५ प्रतिशत मात्र काम गरिरहेको मात्र थियो । उनि चलचित्र कुलीको सुटिङको क्रममा पनि घाइले भएका थिए ।
त्यस्तै बलिउडका महानायक अमिताभ बच्चनले गत शुक्रबार आफ्नो ७७ औं जन्मदिन मनाउँदैछन्। उनी सन् १९४२ मा तात्कालिन ब्रिटिस इण्डियाको अलाहाबाद९प्रयागराज०मा जन्मिएका थिए। करियरको सुरूवाती दिनमा लगातार फ्लप सिनेमा दिएर बलिउड छाड्ने मनस्थितिमा पुगेका अमिताभले अभिनयका लागि चार वटा राष्ट्रिय पुरस्कार जितेका छन्।