काठमाण्डु , १४ असोज – नेपाली चलचित्र क्षेत्रका अग्रजदेखि नयाँ पुस्तासम्मका नौ जना अभिनेत्री राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित भएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयबाट उल्लेख्य योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । उपप्रधान आपुस्तासम्मका नौ जना अभिनेत्री राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बेलुका राजधानीको जमलस्थित नाचघरमा सांगीतिक समारोहबीच सो सम्मान प्रदान गरेका हुन् । दसैंको अवसर पारेर नव दुर्गाको नामबाट स्थापित राष्ट्रिय नवदुर्गा सम्मानबाट उनीहरू सम्मानित भएका हुन् ।
यसरी सम्मानित हुनेहरूमा संस्थापक पुस्ताबाट पहिलो नेपाली चलचित्रकी आमाद्वय भुवन चन्द र वसुन्धरा भुसाल रहेका छन् । यी दुईलाई नेपाली चलचित्र क्षेत्रमा दिएको विशिष्ट योगदानको कदरस्वरूप अवसर पारेर नव दुर्गाको नामबाट सम्मानित भएका हुन् । ४० को दशकबाट दुई अभिनेत्री गौरी मल्ल र करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको विशेष योगदानस्वरूप यी दुईलाई नव दुर्गा सम्मान प्रदान गरिएको हो ।
५० को दशकका तीन अभिनेत्री अभिनेत्री रेखा थापा, दीपाश्री निरौला र सञ्चिता लुइँटेल पनि विशेष योगदानअन्तर्गत राष्ट्रिय नव दुर्गा सम्मान सम्मानबाट सम्मानित भए । पछिल्ला पुस्ताका दुई अभिनेत्री नम्रता श्रेष्ठ र स्वस्तिमा खड्कालाई पनि नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै राष्ट्रिय नव दुर्गा सम्मानबाट सम्मानित गरिएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली चलचित्रलाई यहाँसम्म ल्याउन यी अभिनेत्रीको उल्लेख्य योगदान रहेको बताए । आयोजक पक्षले नव दुर्गा सम्मानबाट सही कलाकारलाई सम्मान गरेको भन्दै उनले सम्मानितलाई बधाई ज्ञापन गरे । दसैंको अवसरमा नव दुर्गाको पूजा आराधना चलिरहेको बेला नव दुर्गाको नामबाट नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीलाई उनीहरूको योगदानको कदरस्वरूप यो सम्मान गरिएको आयोजक एवं अभिनेत्री रेजिना उप्रेतीले बताइन् ।
सो कार्यक्रमकी आयोजक तथा अर्की अभिनेत्री विमला केसीले कलाकारलाई राज्यतर्फबाट केवल गहना भनिए पनि उल्लेख्य सम्मान नगरिएकाले आफूहरूले सम्मान गरेको बताए । यो सम्मानले सम्बन्धित अभिनेत्रीलाई अझ प्रोत्साहन मिल्ने विश्वास उनले व्यक्त गरिन् ।सो सम्मान समारोहमा करिब २ घण्टा विविध सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । सो सांगीतिक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलसमेत निकैबेर रमे । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टले दुई अभिनेत्रीले नौ जना अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान प्रदान गरेर अभिनेत्रीको अझ हौसला बढाएको बताए ।
सांगीतिक कार्यक्रममा अग्रज गायक अनन्द कार्कीले आधा दर्जन गीत सुनाए । अभिनेता गजित विष्ट र गम्भीर विष्टको समीक्षा र पोखरेलसँगको नृत्य पनि कार्यक्रमको आकर्षक बन्यो । अभिनेता यशराज गराच र अभिनेत्री पवित्रा आचार्यको नृत्यले पनि कार्यक्रमको रौनकता बढायो ।
विभिन्न कलाकारले चर्या नृत्य गरेको सो सम्मान तथा सांस्कृतिक कार्यक्रममा अञ्जली अधिकारीको नृत्य देविका बन्दनाको गायन पनि चित्ताकर्षक थियो ।