आजबाट देशका विभिन्न हलमा सम्रागीको ‘रातो टिका’

काठमाण्डु टुडे २०७६ असोज १० गते १२:०७ मा प्रकाशित

काठमाण्डु , १० असोज —शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ ।

निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए ।

चलचित्र ‘रातो टिका निधारमा’मा अभिनेत्री नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिनेत्री नीता ढुंगाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us