नायिका बिनिता बराल आमा बन्दै

काठमाण्डु टुडे २०७६ असोज ९ गते १३:४५ मा प्रकाशित

काठमाण्डु , ९ असोज —करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् ।उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज ११ ‘सानी बिनिता’ अन बोर्ड ११’बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।

पछि उनी आफ्नो पढाईका लागि भन्दै अमेरिका उडेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us