
काठमाण्डु,१असोज– त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएका दुई हेलिकप्टरबाट तेल चोरी भएको छ । प्राप्तअनुसार त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखेका प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर तेल चोरी भएको हो ।
विमानस्थल जस्तो संवेदनशील क्षेत्रबाट तेल चोरी घटनालाई विमानस्थल प्रशासनले गम्भीरतापूर्वक नलिएको गुनासो गरेका छन् ।