रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २८ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २८ जेठ– प्रहरीले रौतहटबाट लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

अन्यको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । उनीहरूले प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकलमा हिँडिरहेका दुर्गा भगवती ३ मसुरिया बस्ने वर्ष २५ का कृष्णमणि झालाई रोकेर लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

लुटपाटमा सहभागी फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us