
काठमाण्डू, २८ जेठ–आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
रातिको कोशीका केही स्थानहरूमा वर्षा हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने बताइएको छ ।
काठमाण्डू उपत्यकामा बिहानैदेखि आंशिक बदली रहँदै आएको छ । अहिले तापक्रम २३ डिग्री सेल्सियस आसपास छ भने दिउँसो अधिकतम तापक्रम ३० देखि ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
मौसमविद्हरूले वर्षासँगै चट्याङ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन् ।