
काठमाण्डु, १ असोज– केही दिनयता जारी लगातार वर्षा बुधबार पनि लम्बिने भएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभर वर्षात भइरहेको हो ।
मौसमविदका अनुसार उपत्यकासहित मुलुकका अधिकांश भू–भागमा आज पनि मौसम बदली भई वर्षात हुनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पश्चिम क्षेत्रका अधिकांश स्थानमा स्थानमा मेघ जर्गनसहित भारी वर्षा हुनेछ । बिहीबारबाट भने मौसममा सुधार आउने छ ।