
काठमाण्डु , ३१ भदौ —साताको तेस्रो दिन आज सुनको भाउ स्थिर रहेको छ ।
सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।