प्याजको भाउ आकासियो

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १०:०३ मा प्रकाशित


काठमाण्डु,३०भदौ–प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्रयाउँदा झन् महँगो भएको हो ।
पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ ।
कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us