दसैं, तिहारको लागि हवाई भाडा घट्ने

काठमाण्डु टुडे २०७६ भदौ ३० गते ९:५५ मा प्रकाशित

काठमाण्डु,३०भदौ–निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं, तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । नेपालीहरूको महान चाड दसैलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन वायसेवा सञ्चालक संघ आयोनले असोज १२ देखि कत्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ।
आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई टिकट सेवाप्रदायक कम्पनीको काउन्टरबाट नै खरिद गरेमा १० प्रतिशत छुट दिने भएको हो ।
संघका प्रवक्ता योगराज कँडेलका अनुसार यात्रुलाई सहज यात्रा गराउन टिकटमा १० प्रतिशत छुट दिएर सेवा दिन लागेको बताए । उनले भने, हवाई यात्रा सबै यात्रुको पहुँचमा पुग्न सकोस् भनेर चाडबाडलाई लक्षित गरेर छुट दिने निर्णय गरिएको छ। विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने भाडामा छुट दिने व्यवस्था गरिएको संघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us