
कोलम्बिया,२९भदौ– कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताएका छन । उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सार्नु भएको थियो । कोलम्बियाको लेटिसियामा आयोजित एक सम्मेलनका क्रममा राष्ट्रपति डोकुले भने, इक्वेडरका राष्ट्रपतिले राखेका प्रस्तावलाई आफ्नो समर्थन रहेको बताएँ ।
राष्ट्रपति डोकुले विश्वकप फुटबल आयोजनाका लागि फिफासँग अनुरोधका सन्दर्भमा आवश्यक तयारी गर्न कोलम्बियाली अधिकारीहरुलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।
दक्षिण अमेरिकाबाटै सन् २०३० का लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि संयुक्त दाबी गर्दैछन् । सन् २०३० को विश्वकप फिफा विश्वकपको १०० औं वर्षगाँठ हुनेछ । पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले जितेको थियो । राससरसिन्ह्वा