मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १२:३८ मा प्रकाशित


सर्लाही, २९भदौ –सर्लाहीको बागमती नगरपालिकामा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक बालक गम्भीर घाईते भएका छन् ।
बागमती नगरपालिका–८, गिरी टोलमा शनिवार राती साँढे ११ बजेतिर राजघाटबाट जिरायततर्फ आउँदै गरेको बा ३१ प ६८०२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय इन्द्रबहादुर कुशवारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते कुशवारको उपचारका क्रममा एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us