
गोरखा, २९ भदौ– खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।
आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ ।
प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । कान्तिपुर दैनिकबाट