
कैलाली , २६ भदौ — अज्ञात समुहले कैलालीको वडा कार्यलयमा तोडफोड गरेका छन् ।
२ वटा मोटरसाइकलमा आएका ६ जनाको समुहले गौरीगंगा नगरपालिका वडा नं २ को कार्यलय तोडफोड गरेका हुन् । कार्यलयमा भएको कम्प्युटर , टेबल, प्रिन्टर जस्ता कार्यलयका अन्य सामाग्रीमा क्षति पुगेको वडा अध्यक्ष जनकबहादुर साउँदले बताए । साउँदका अनुसार मोटरसाइकलमा आएका ती व्यक्तिहरु तोफोडगरी केही बेरमै फरार भएका थिए ।
फरार समुहको प्रहरीले खोजी कार्य तिव्र बनाएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।