रौतहटमा प्रहरीद्धारा अश्रुग्यास र हवाइ फायर

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १६:१५ मा प्रकाशित

रौतहट , २६ भदौ –रौतहटमा मुस्लिम समुदायको मुहरर्म पर्व मनाउने क्रममा हिन्दु युवाहरुले झण्डा गाडेपछि विवादमा र्सिजना भएको छ । राजपुर नगरपालिका ८ कुडिआमा भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ ।

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो ।बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो क्रममा केही व्यक्तिहरु घाइते भएको बताइएको छ ।
यही विवादमा बुधबार साँझ पनि झपड हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास सहित २९ राउन्ड हवाई फायर गरेको थियो । प्रत्येक वर्ष सो ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ ।
हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकोले पनि त्यहाँको अवस्था बढी तनावग्रस्त हुने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us