
काठमाण्डु , २६ भदौ — त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट आन्तरिक उडानका क्रममा अतिविशिष्ट ६ व्यक्ति बाहेक अन्य विशिष्ट व्यक्तिले आफ्नो गाडी जहाज सम्म लैजान नपाउने भएका छन् । बिहिबार त्रिभुवन विमानस्थलले एक सुचना जारीगरी यस्तो निर्णय गरेको हो ।
सस्कृती ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटट्टराईले एक वर्षे कार्ययोजनामा सम्मानिय ‘विग सिक्स ‘लाई मात्र विमानस्थलको जहाज सम्म आफ्नो गाडी लैजान पाउने सुविधा गरे अनुसार राष्ट्रपति , उपराष्टट्टपति , प्रधानमन्त्री , प्रधानन्यायधिस, सभामुख , राष्ट्रियसभाका अध्यक्षले मात्र यो सुविधा उपभोग गर्न पाउने छन् । अति विशिष्ट बाहेक विशिष्ट व्यक्तिले विमान स्थलको गाडीबाटै जहाज सम्म जानुपर्ने नियम लागु भएको छ । सम्मानीय सरह मर्यादा पाएका विदेशी समकक्षले भने अतिविशिष्ट व्यक्ति ६ जनाकै सरह सुविधा पाउने छ ।