
एजेन्सी, अमेरिका — अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने योजनालाई अनुमति दिएको छ । तेस्रो देश हुँदै आउने आप्रवासीले सबैभन्दा पहिला जुन देश हुँदै आएका हो त्यही आश्रय दाबी गर्नुपर्ने आदेश अदालतले दिएको हो ।
अदालतको निर्णयसँगै ट्रम्पलाई आप्रबासी सम्वन्धी योजना अघि बढाउने वाटो खुल्ला भएको छ । फैसला लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै अदालतको प्रशंसा गरेका छन् । उनले राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आप्रवासीलाई रोक्न कडा कदम चाल्दै आएका छन् ।