
रुकुम , २६ भदौ — रुकुममा पहिरोमा पुरिएर दुई स्कुले बालिकाको मृत्यु भएको छ ।
रुकुम जिल्लाको मुसीकोट नगरपालिका-१० चुनका दुई बालिका बुधबार विद्यालयबाट घर फर्कने क्रममा बेलुकी करिब ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । विद्यालयबाट घर फर्कदै गर्दा गत वर्ष निर्माण गरिएको सडकमा पहिरो गएपछि दुबै बालिका पुरिएका थिए ।
उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको छ । शव पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाउने तयारी रहेको डिएसपी खड्काले बताए । अहिले सम्म रुकुमा पाँँच जनाको पहिरोका पुरिएर ज्यान गइसकेको छ । ।