बर्दघाट नजीकै जंगलमा बसमा आगलागी

काठमाण्डु टुडे २०७६ भदौ २६ गते ११:४८ मा प्रकाशित

नवलपरासी,२६भदौ– पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नजीकै जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ।

महेन्द्रनगरबाट काठमाण्डुका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए। आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो। आगलागिबाट बस पूर्ण रुपमा क्षति भएको केशीले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us