
काठमाण्डु , २४ भदौ— नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा भेटवार्ता भएको छ ।
प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।
वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।