वामदेवसँग रवीन्द्र मिश्र चुनाव लड्दै

काठमाण्डु टुडे २०७६ भदौ २४ गते ११:३४ मा प्रकाशित

काठमाण्डु,२४भदौ– महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।

मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ। नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ।

नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ। कांग्रेस नेता गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us