पान मसला उद्योगलाई आपत! साढे ७ करोड जरिवाना

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १०:४२ मा प्रकाशित

बाँके,२४भदौ– राजस्व चुहावट गरेको अभियोगमा नेपाल पान मसला उद्योगका सञ्चालकलाई सात करोड ५२ लाख दुई हजार सात सय चौहत्तर रुपैयाँ बराबरको बिगो दाबी र कैदको माग गर्दै मुद्दा परेको छ ।
नेपालगन्ज उपमहागरापालिका १ स्थित खजुर रोडमा रहेको उक्त उद्योगका प्रोपाइटर कुतबुद्दिन शेषले राजस्व चुहावट गरेको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।
उक्त उद्योगबाट निजले कुने हिसाब नराखी बढी मात्राम गुट्खा उत्पादन गरी स्टिकर नलगाएरै बेच्ने गरेको समेत खुलासा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us