वामदेव गौतमलाई पनि डेंगु

काठमाण्डु टुडे २०७६ भदौ २४ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पनि डुंगु लागेको आशंका गरिएको छ ।

सोमबार टुकु अस्पताल पुगेको गौतमको डेंगु परीक्षण गरिएको थियो । उनलाई शनिबारबाट ज्वारो आएको थियो । चिकित्सकले उनलाई डुंगु लागेको आशंका गरेका छन् । गौतम केही समय अगाडि सिंगापुर गएका थिए । उनलाई त्यहाँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । यसअघि कृषिमन्त्री चक्रपाािण् खनाललाई पनि डेंगु देखिएको थियो ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us