जिल्ला अस्पतालमा औषधि अभाव

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १७:३६ मा प्रकाशित


बरा,२३भदौ–जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ ।
औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ ।

अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमचन्द्र चौरसियाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us