नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता शुरु

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १६:४६ मा प्रकाशित


काठमाण्डु,२३भदौ–नेपाल र चीनबीच परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्ता काठमाण्डुमा सोमबार शुरु भएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ ई सहितको प्रतिनिधि मण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाण्डु आए पछि आज सो वार्ता हुन लागेको हो ।
परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने बताइएको छ ।
साथै वर्तामा नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us