ठगी गरेर भाग्ने नै अपहरणमा परेपछि…

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १५:२० मा प्रकाशित

काठमाण्डु , २३ भदौ —ठगी गरी भागिरहेका युवकलाई सात जनाको समुहले अपरहण गरेको छ ।

काठमाण्डु नगरपालिका तारकेश्वर —५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाँपालिका—१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जनालाई प्रहरीले शनिबार समातेको हो । काठमाण्डु महानगरपालीका १४ कलंकी को मकालु पेट्रोलपम्प नजिकबाट पेम्बालाई केही मानिसले जवरजस्ती गाडीमा हालेको सुचना पाएपछि प्रहरीले छाउनीस्थित ३३ वर्षीय अर्जुनलामाको घरमा पेम्बा र अपहरणकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली घयाङले गाउँपालिका —२ का४२ वर्षीय पुर्णकहादुर वाइवा , काठमाण्डु नगरपालीका —१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्की, रसुवा गोसाइकुन्ड गाउँपालिका —९ का४१ वर्षीय पाल्साङ तामाङ, रामेछाप दोरम्बा गाउँपालिका —७ का ३२ वर्षीय लीला थापा मागर, रामेछाप दोरम्बा गाउँपालिका—७ का३१ वर्षीय शिवराम थापा मगर,सुनसरी महेन्द्र नगरपालिका—७ का३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका —९ का३५ वर्षीय जिस घले रहेका छन् ।

प्रहरीले अपहरित पेम्बा तामाङलाई ठगी मुद्धा र अन्य सात जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us