
काठमाण्डु,२३भदौ–वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यापक डा सन्दुक रुइतमा पनि डेंगुको संक्रमण देखिएको छ ।
डेंगुको संक्रमण देखिएपछि डा। रुइत ३ दिन अगाडि अस्पताल भर्ना भएका थिए ।
शुक्रबार ज्वरो आएपछि डा रुइत स्वाथ्य जाँचका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा परीक्षण गर्दा उनमा डेंगुको संक्रमण देखिएको हो ।
नर्भिककै चिकित्सकहरुको सल्लाहमा उनी अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् ।