दक्षिण कोरियामा सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड

काठमाण्डु टुडे २०७६ भदौ ७ गते १८:०५ मा प्रकाशित

कोरिया – सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ ।

अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले बताए । सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन बढाउनका लागि यो अवार्डले मद्दत पुर्याउने विश्वास आयोजकको छ ।

पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष विभु न्यौपानेले जानकारी दिए । संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ । विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला वृद्धि गर्ने र उनीहरुलाई सामाजिक कार्यमा अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ । यो अवार्डलाइ वार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us