प्यान नम्बर लिनेको संख्या ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७६ साउन २२ गते १३:०३ मा प्रकाशित

काठमाण्डु,२२साउन–सरकारले चालू आर्थिक वर्षको सुरुआतबाटै प्यान अनिवार्य गरे पश्चात प्यान लिनेको संख्यामा ह्वत्तै बृद्धि भएको छ ।
साउन १ गतेबाट १५ गते सम्ममा ५० हजारले प्यान नम्बंर लिएको आन्तरिक राजस्व विभागका महानिर्देशक यज्ञ प्रसाद ढुंगेलले जानकारी दिए ।
गत जेष्ठ महिनादेखि २ लाख जनाले प्यान नम्बर लिइसकेका छन् । सम्पूर्ण संघ संस्था, उद्योगले तलब बैंकमा पठाउनु पर्ने र स्थायी लेखा नम्बर प्यान बिना तलब दिन नपाउने ब्यवस्था गरेकाले ब्याक्तिगत प्यान लिनेको एक्कासी बढेको हो ।
प्यान नम्बरले खर्चको रूपमा देखाउने हँुदा यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् ।
हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको तथ्याङ विभागले जनाएको छ भने ।
२०७६ बैशाख देखि असार सम्मा व्यवसायिक प्यान संख्या लिनेमा ४१ हजार १ सय २७, व्यक्तिगत प्यान लिनेमा ११ हजार ९ सय १९ रहेका छन् ।
त्यस्तै पूर्ण कर परिक्षण संख्यामा २१००, प्रारम्भिक अनुसन्धान संख्यामा ४७०, विस्तृत अनुसन्धान संख्यामा १४०, अग्रिम कर परीक्षण संख्यामा १३३२, बजार अनुगमन संख्यामा २८१०, अबैध मदिरा कारोकार अनुगमन संख्यामा २००, संकलन भ्रमण संख्यामा १४८०, र करदाता शिक्षा संख्यामा ४८१ रहेको छ ।
२०७५ श्रावण देखि ०७६ असार सम्म प्यान नम्बरको संख्या करदाता दर्ताः व्यावसाय प्यान संख्या १ लाख ९९हजार १सय ६६ जना रहेका छन् । व्यक्तिगत प्यान लिनेमा २ लाख २९ हजार ८ सय ५० जना रहेको छन् ।
त्यस्तै पूर्ण कर परीक्षण संख्या ३ हजार ६ सय ७३ रहेको छ । प्रारम्भिक अनुसन्धान संख्या ९ सय ४९, विस्तृत अनुसन्धान संख्या ३ सय ५६, अग्रिम कर परीक्षण संख्यामा २ हजार ५ सय २५ बजार अनुगमन संख्यामा १० हजार ३५, अबैध मदिरा कारोबार अनुगमन संख्या ३ सय ३१, संकलन भ्रमण संख्या३ हजार ७ सय ६०, र करदाता शिक्षा सख्या १ हजार ५ सय १५ रहेको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us