काठमाण्डु, २२ साउन— साताको कारोबारको चौथौ दिन बुधबार सुनको मुल्य फेरि बढेको छ ।
मंगलबार प्रतितोला ६८ हजार मुल्यमा कारोबार भएको छापावाल सुन आज १५ सयले बढेर प्रतितोला ६९ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै गरी चाँदीको मुल्य १५ रुपैंयाले बढेर प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाल सुनको मुल्य ५९ हजार ५ सय ८५ रुपैंयामा तोकेको छ भने प्रति १० ग्राम चाँदीको मुल्य ६ सय ९४ रुपैंया ५ पैसा कायम गरेको छ ।