काठमाण्डु, २१ साउन- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा मूल्य बढाएको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ कायम छ । तर, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्यअनुसार एलपी ग्यासको अब १ हजार ३७५ रुपैयाँ पर्नेछ ।