पप्पु र रमन कन्स्ट्रक्सन परे कालो सूचीमा

काठमाण्डु टुडे २०७६ साउन २१ गते १२:०६ मा प्रकाशित

काठमाण्डु,२१साउन–सार्वजनिक खरिद अनुमगन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
हुलाकी राजमागर्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण(पप्पु जेभी जनकपुर(९ लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको हो।
यसअघि नै कार्यालयले ठेक्का रोक लगाउने भन्दै सूचना जारी गरेको भएपनि अदालतको आदेश ल्याएका कारण रोकिएको थियो। तर अदालतले साउन १५ गतेको सुनुवाई मा पहिलेको अन्तरकालिन आदेश खारेज गरिदिएपछि रोक लगाउने निर्णय कार्यान्वयन गरेको हो।
यी कम्पनीहरुलाई सार्वजनिक खरिद नियमावलीको नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रियामा अघि बढाउनका लागि तत्काल कुनै पनि ठेक्कामा भाग लिन रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।
कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् भने पूरानाको काममा कुनै बाधा पर्ने छैन।
६ महिनाभित्र कालोसूचीमा राख्ने निर्णय भएमा तोकिएको समयसम्म यी कम्पनी र व्यक्ती सम्बद्ध अन्य कम्पनी पनि अयोग्य हुने छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us