आज पनि ४ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०७६ साउन २० गते १६:२२ मा प्रकाशित

काठमाण्डु,२०साउन–सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७७ अंकले घटेर २ सय ७१ दशलमव ०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भई ४४ करोड ३२ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६९ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्िधक कमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ०४ प्रतिशतले बढेको छ । साथै सर्वा्िधक गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटा उपपरिसुचकहरुमा निर्जीवन बीमा र म्युचल फण्डमात्र बढेको छ भने बाँकी सबै समूहहरु घटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us