नेप्सेमा ४ अंकको गिरावट, कारोबार ४७ करोडमाथि

काठमाण्डु टुडे २०७६ साउन १९ गते १७:४२ मा प्रकाशित


काठमाण्डु,१९साउन—साताको पहिलो कारोबार आईतबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४ दशमलव २० अंकले घटेर १२५९/६४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ४३ अंकले घटेर २७०/०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६६ कम्पनीको १४ लाख ६७ हजार ४६४ कित्ता शेयर खरिदबिक्री भई ४७ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज ५ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्धिक कमाउनेमा स्वरोजगार लघुवित्त र स्पर्श लघुवित्त वित्तीय संस्था फाइनान्स लिमिटेडको रहेको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।
साथै सर्वा्धिक गुमाउनेमा हिमालयन पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ०५ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us