प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाने !

काठमाण्डु टुडे २०७६ साउन १५ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– प्रधानमन्त्री केपी ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् ।

निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् ।  प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us