कलंकी गोली प्रकरणः छिमेकीकै बन्दुकबाट युवतीमाथि गोली हानिएको थियो !

काठमाण्डु टुडे २०७६ साउन १४ गते १९:१७ मा प्रकाशित

काठमाण्डु, १४ साउन– राजधानीको कलंकीमा उपसचिव विष्णुप्रसाद शर्माकी छोरीमाथि गोली चलाइएको घटनामा उनकै छिमेकीमाथि प्रहरी अनुसन्धानको सुई तेर्सिएको छ ।

शर्माका छिमेकी इन्जिनियर शुभांकर खनालमाथि शंका भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । यद्यपि सोधपुछका लागि खनाललाई कार्यालयमा ल्याइएको अपराध महाशाखाले जनाएको छ । खनालको साथबाट घटनामा प्रयोग भएकै साइजका ५० राउण्ड गोली र दुई थान इजाजतप्राप्त हतियार समेत बरामद गरिएको छ ।

तर, खनालले गोली चलाएको हो वा होइन भन्ने पुष्टि गर्न वैज्ञानिक परीक्षण गर्नुपर्ने महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । ढकालका अनुसार सामाखुसीस्थित प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षणपछि मात्र घटनामा खनालको संलग्नता भए÷नभएको पुष्टि हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us