
एजेन्सी । छिमेकी मुलुक भारतको गुजराँतस्थित महिसागर जिल्लामा मान्छे र सर्पबीच टोकाटोक भएको छ।
गत शनिबार एक जना मानिसलाई सर्पले खेतमा डस्यो र त्यस मानिसले पनी सर्पलाई चपाईदिए। दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो । मृत्युहुनेमा ६० वर्षका पर्वत गाला रहेका छन्। गालाले पहीलापनि धेरै सर्प समाएकाले आफू नडराउने उनले भनिरहेका थिए ।
उनले उक्त सर्प समाते पछि सर्पले उनको हात तथा अनुहारमा डस्यो । आफूलाई साँपले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए
सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेको थियो । जसका कारण उनलाई अस्पतालले बचाउन सकेन ।