
काठमाण्डु, १४ साउन– गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डबारे प्रहरीले नयाँ शैलीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।
राष्ट्रियसभा अन्र्तगत प्रत्योजित विद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारे भएको विगतको अनुसन्धान पद्धतिलाई नै बिस्थापित गर्दे नयाँ शुत्र लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए ।
२०७५ साउन १० गते कञ्चपुरको उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्दा अन्तर्राष्ट्रियकरण हुनुको साथै सरकारमाथि पटकपटक दबाब परेको थियो । उक्त हत्याकाण्डमा कुनै पनि ठूला भनिएका व्यक्तिलाई जोगाउन कुनै प्रकारको षड्यन्त्र नभएको बताए । उक्त घटनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने सरकारले कारबाही गरेरै छाड्ने दाबी गरे ।
उनले यसअघि निमर्ला हत्याकाण्डमा संलग्न रहेका भनिएका दिलीपसिंह विष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान सुरु गरेको जानकारी दिए ।