भारतीय बाँधबारे गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७६ साउन ११ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, ११ साउन- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल-भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन् ।

मन्त्री ज्ञवालीले एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us